सलहको महत्त्वपूर्ण जानकारी र ब्यबस्थापन। कसरी बन्छ त युथचारी(Gregarious)?


अहिले हामीले सुन्दै आएको सलह किराको अङ्ग्रेजी नाम लोकस्ट (Locust) हो। लोकस्ट एउटा सानो सिङ भएको फटयांग्राको प्रजाती हो। फटयांग्रा र सलहमा यहि फरक छ कि सलहले समय सङै ब्यबहार र बानी परिवर्तन गर्छ र लामो दुरि सम्म स्थानान्तरण गर्छ । लोकस्ट मध्य सब्से खतरनाक डेजर्ट लोकस्ट हो। यसको वैज्ञानिक नाम Schistocerca gregaria हो ।

लोकस्ट्को २ वटा चरण हुन्छ : एकल चरण (Solitaryphase) र युथचारी चरण( झुंड )(Gregarious phase) । यो दुई चरणमा फरक हुने भनेको रंग , रुप , शारीरिक प्रक्रिया र व्यबहार हो । एकल चरणको निम्फले (Nymph )आफ्नो रंग वातावरण अनुसार ढाल्छ, झुंडमा बस्दैन र सुस्त हुन्छ। युथचारी अवस्थाको निम्फ भने कालो र पहेंलो अथवा सुन्तला रंगको निश्चित प्याटर्नमा हुन्छ, झुंडमा बस्छ, एकआपसमा आकर्षित, सक्रिय र आशंकित हुन्छ । निम्फबाट वयस्क(Adult)हुँदा रङ भन्दा बढि रुपमा (form)फरक देखिन्छ । एकल चरणको वयस्कमा लामो खुट्टा र छोटो पखेटा हुन्छ भने युथचारी चरणको वयस्कमा लामो पखेटा हुन्छ। जब एकल चरणको निम्फ अरु धेरै लोकस्ट संगसंगै परिपक्व(Mature) हुन्छ त्यति बेला यो निम्फको आन्तरिक शारीरिक प्रक्रियामा परिवर्तन आउँछ र यसले युथचारी स्वभावको बच्चा जन्माउछ। यदि भिडभाड अत्यन्तै धेरै र प्रशस्त लामो समय सम्म छ भने स्थानीय जनसंख्या बद्लिएर युथचारी प्रवासि (Gregarious migratory) हुन्छ। यदि युथचारी युवा झुन्ड्मा नभई एकलै( isolation मा) परिपक्व भयो भने यसले जन्माएको बच्चा एकल चरणमा जान्छ।एकल चरण (Solitary phase) सामान्य अवस्था हो। प्रवासी झुंड (Migratory swarm) वातावरण अनुकुल क्षेत्रमा नभई मार्जिनल (marginal) क्षेत्र जहाँ मिल्दो वासस्थानको कमि हुन्छ त्यहाँ बन्दछ । अनुकुल मौसमले गर्दा जनसंख्या बढ्दै जान्छ जसले गर्दा किराहरु मार्जिनल क्षेत्रमा धकेलिन्छ्न । जब त्यो क्षेत्रमा अनुकुल वातावरणको अवस्था हुदैन त्यति बेला किराहरु सानो, स्थायी वासस्थानमा फर्कन बाध्य हुन्छन् ; फलस्वरूप सानो क्षेत्रमा खुम्चिएर बसि भिड्भाड हुन्छ र शारीरिक परिवर्तन (Physiological shift)ट्रिगर भइ युथाचरी अवस्थामा(Gregarious form) जान्छ। भिड्भाडमा हुने पछाडी खुट्टाको बढ्दो ट्याक्टायल सेन्सेसन (Tactile sensation i.e Touch)ले गर्दा सेरोटोनिन (serotonin)रसायनको मात्रा बढ्छ(CNS मा), जसले यो किरा सामाजिक(Sociable)भइ युथचारी हुन्छ अनि रंग परिवर्तन संगै धेरै खान्छ र प्रजनन नि धेरै गर्छ।

अफ्रिका , मिडल इस्ट र एसियामा डेजर्ट लोकस्ट्को विपत्ती सन् १९६६ देखि सन् १९६९ सम्म रहँदा लोकस्ट्को संख्या २ अर्ब देखि ३० अर्ब भएको थियो भने यसले ओगटेको क्षेत्र (covered area) भने १००,००० वर्ग कि.मि बाट ५००० वर्ग कि.मि मा झरेको थियो ।

१ वर्ग कि.मि सलहको झुन्डमा ४० करोड जति लोकस्ट हुन्छ जस्ले एकदिनमा ३५००० मानिस बराबरको खाना खान्छ ।

यसबाट हुने क्षति घटाउन यी कुरा अप्नाउन सकिन्छ ।

१. थाल अथवा टिन र अन्य सामाग्री ठटाइ ठूलो ध्वनि निकाल्ने जस्ले सलहलाई भगाउछ ।

२. धानको बीउलाई नेट अथवा प्लास्टिकले छोप्दा किराले बीउ खाएर हुने क्षतिबाट जोगिन्छ।

३. निमको झोल बनाएर पनि छर्न सकिन्छ जस्ले केही हदसम्म किराको खवाइलाइ कम गर्छ ।

४. रासायनिक बिधि अन्तर्गत ३ मि.लि मालाथिवन अथवा २ मि.लि क्लोरोपाइरिफोस १ लिटर पानीमा हालि छर्ने।

५. जैविक विधि अन्तर्गत मेटाराइजियम ढुसी प्रयोग गर्ने जसले ७०-९०% उपचारित लोकस्ट १४-२० दिनमा मर्छ । कुनै अनुसन्धानले यो खासै प्रभावकारी नभएको नि देखिन्छ।

६. जालीको प्रयोग गरि तरकारी बाली जोगाउने ।

अरु पनि छ्न ।स्थानीय रूपमा यिनै अनुकुल होला। राष्ट्रिय रुपमा गर्न सकिने अरु विधि छ्न। अरु अनुकुल विधि भए कमेन्ट गर्नुहोला।

यो पोस्ट कपि नगर्नुहोला , चाहेमा शेयर गर्नुहोला ।

 


Comments

Popular posts from this blog

झोलमोल(Jhol Mol)

Agricultural Genetic Resources of Nawalparasi East