झोलमोल(Jhol Mol)
झोलमोल(Jhol Mol), उच्चारण गर्न जति सजिलो छ त्यतिकै सजिलो बनाउन पनि छ। यसलाई अङ्ग्रेजीमा बोटानिकल पेस्टिसाइड भनिन्छ। यसले मलको पनि काम गर्छ। घर वरपर पाइने स्थानिय स्रोतहरुको प्रयोगबाट बनाइने हुनाले यो रासायनिक विषादी जस्तो हानिकारक हुँदैन। तरकारीमा देखिने किराहरुको व्यवस्थापनको लागि यो प्रयोग गर्न सकिन्छ ।
यसको लागि चाहिने सामाग्रीहरु:
-२५ के. जि जति निम, असुरो, आँक, तितेपाती, सुर्ती, बकाइनो, अडिर, बन्मारा
आदिका पातहरु
- २५ लिटर जति गाइको पिसाब
- २५० ग्राम (प्याज, लसुन, अदुवा साथै बोझो पनि प्रयोग गर्न सकिन्छ)
-२५० ग्राम सुकेको रिठ्ठा
- १ गिलास दहि
- ५० ग्राम बेसार
-३० ग्राम टिमुर
- २० मि. लि मेवाको चोप
-५० ग्राम खुर्सानी
-५० ग्राम मरिच
-१ वटा कालो ड्र्म ३०-६० लिटर क्षमताको)
उक्त पातहरुलाइ सानो सानो गरि काट्ने र अन्य सामाग्रीलाई पिधेर कालो ड्र्ममा राखि गाइको पिसाब हाल्ने।यदि पर्याप्त स्रोत छैन भने जति स्रोत छ त्यो दुब्ने गरि गाइको पिसाब हाल्दा राम्रो हुन्छ। ड्र्मलाई छायाँमा राख्नु होला।
उक्त झोलमोललाई दैनिक चलाउने । यसरी झोलमोल गर्मी याममा २० दिनमा प्रयोग गर्न सकिन्छ भने जाडोमा १ महिनामा ।
प्रयोग गर्ने तरिका:
प्रयोग गर्दा १ लिटर झोलमोलको
झोललाई ४-५ लिटर पानीमा हालेर तरकारीमा सबै तिर पर्ने गरि इस्प्रे
गर्ने( हुर्केकालाई )। नर्सरीका बिरुवालाई १०-१५ लिटर पानी लिनुहोला।
धन्यवाद ।।।

Comments
Post a Comment